काठमाडौँ-सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएकाे छ।
संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन सभामा पेस गर्नुभएको हाे ।
२०८२ असार २३ गते सात सदस्यीय समिति गठन भएको थियो।
छानबिन समितिको नेतृत्व कांग्रेसका जीवन परियारले गर्नुभएको थियो। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य थिए।
छानबिन समितिका अनुसार दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी विधेयकमा संशोधन गर्नु विधिसम्मत प्रक्रिया मिचेर गरिएको थियो।








प्रतिक्रिया