काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो।
मन्त्रिपरिषद्ले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८२’ र ‘राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गरेको छ। यस्तै, आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको छ।
बैठकले एमसीए-नेपाल अन्तर्गतका आयोजनामा काम गर्ने कम्पनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को लागि आयकर छुट दिने र एमसीसी फण्डिङको कर छुट कार्यान्वयनसम्बन्धी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले नेपालमा संयुक्त राष्ट्रसंघीय आयोजना सेवा कार्यालयस्थापना गर्न स्वीकृति दिने र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिलराज पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिनुभयाे ।
यसैगरी, ताप्लेजुङको मेवाखोला र धादिङको इलेप तातोपानी खोला जलविद्युत आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ। यसैगरी पर्यटन प्रवर्द्धनका लागि चुलु सुदुरपूर्व हिमाल आरोहणका लागि खुला गरिएको उनले बताए।
मन्त्रिपरिषद् बैठकका १८ निर्णय








प्रतिक्रिया