आवाजा (तुर्कमेनिस्तान)-प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताउनु भएको छ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताउनुभयो।
‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ- सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो ।’, उहाँले भन्नुभयो, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आव्हान हो ।’







प्रतिक्रिया