सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको सचिवमा प्रकाश अधिकारी चयन हुनु भएकाे छ। मंगलबार बसेको एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले अधिकारीलाई सचिवमा चयन गरेको हो । पत्रकारितामा करिब दुई दशक बिताएका अधिकारीले दैलेख र सुर्खेतलाई कार्यक्षेत्र बनाएर कान्तिपुर दैनिकमा काम गरेको अनुभव छ । अधिकारीले राष्ट्रिय समाचार समिती (रासस) लोकतान्तर डट कम लगायतमा काम गर्नु भएको छ । उहाँ हाल राजधानी दैनिकमा कार्यरत हुनुहुन्छ । अधिकारी प्रेस चौतारीको कर्णाली प्रदेश समितीका निर्वतमान अध्यक्ष हुनुहुन्छ ।
बैठकमा अधिकारीलाई बधाइ दिंदै इन्चार्ज बोगटीले कर्णालीको पार्टीका गतिविधीहरु आमसञ्चार माध्यम मार्फत सबैमा पुर्याउन योगदान गर्न निर्देशन दिनुभएको छ । उहाँले पार्टीको नीति र विधी भित्र रहेर प्रचारका कामहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्न,मिडियाहरुसँग समन्वय गर्न र सामाजिक सञ्जाल र डिजिटल मिडिया मार्फत पार्टी कामलाई प्रचार गर्न आवश्यक कार्ययोजना बनाएर कार्यन्वयन गर्न बोगटीले निर्देशन दिनुभएको छ







प्रतिक्रिया