अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित छ, कडाइका साथ रोक्नुपर्छ: महासचिव पोखरेल

पूर्वराष्ट्रपति भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित छ, कडाइका साथ रोक्नुपर्छ: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा नकारात्मक टीकाटिप्पणीलाई कडाइका साथ रोक्नुपर्ने पार्टीको निष्कर्ष सुनाउनु भएको छ।

केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारीले गर्नुभएको गौरवपूर्ण कामलाई उच्च सम्मान गरेको तथ्य राखेर महासचिव पोखरेलले नकारात्मक टीकाटिप्पणीलाई रोक्नुपर्ने पार्टी निष्कर्ष सुनाउनु भएको हो।

‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टीकाटिप्पणीहरू आइराखेका छन्, त्यसलाई कडाइका साथ रोक्नुपर्छ। उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न। यही कुरालाई ध्यानमा राखेर नै पार्टीले राजनीतिक निर्णय लिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो।

एमालेले नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति, राष्ट्रपतिका रूपमा निर्वाह गरेको अविभावक भूमिकाको रूपमा भण्डारी इतिहासमा सम्मान गर्ने नेतृत्वको रूपमा स्थापित भइसकेको पार्टीको ठहर रहेको महासचिव पोखरेलले जानकारी पनि दिनुभयो।

महासचिव पोखरेलले एमाले केन्द्रीय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले राष्ट्रपति र पूर्व राष्ट्रपतिहरू सदैव सम्माननीय र आदरणीय रहनुपर्छ भन्ने ठहर गरेको भन्दै पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रको अभिभावकको रूपमा पदमा रहँदा गर्नुभएको काम अतुलनीय रहेको बताउनुभयो।

‘राष्ट्रपतिका रूपमा उहाँ (विद्या भण्डारी) ले जुन भूमिका निर्वाह गर्नुभयो, राष्ट्रियताको पक्षमा, स्वाभिमानको रक्षाका लागि र जनताको हितमा जे काम गर्नुभयो, ती कामहरू सदैव सम्मान गर्ने खालका छन्। उहाँको त्यो भूमिका राष्ट्रले सदैव अपेक्षा गरेको छ। त्यसै अनुसार उहाँलाई पार्टीको सदस्यको रूपमा होइन, देशकै सदावहार अभिभावकका रूपमा रहनुपर्छ भन्ने एमालेको निष्कर्ष पार्टी, देश र उहाँको हितमा छ। यो सच्चाइलाई सबैले आत्मसाथ गर्नुपर्छ,’ पार्टी केन्द्रीय कार्यालयमा प्रचार क्षेत्रमा खटिएका अगुवा नेताहरूलाई महासचिव पोखरेलले भन्नुभयो।

संवैधानिक राष्ट्रपति भनेको पदमा रहँदा मात्रै होइन, पदमा नरहँदा पनि सम्माननीय नै हुन्छ। जसले कुनै गल्ती गर्दैन र सवैका लागि आदरणीय हुन्छ, सम्माननीय हुन्छ। विवादभन्दा माथि हुन्छ, सबैको साझा अभिभावकका रूपमा भूमिका रहन्छ। पदबाट हटेपछि पनि विशिष्ट सम्मान र मर्यादा दिनुपर्छ भन्ने कुरा नै नेपालको संविधान, गणतन्त्रको संस्थागत विकास, पार्टी र स्वयं व्यक्तिको हितमा हो भन्ने सच्चाइ स्थापित भएको छ। यो कुरालाई अन्यथा रूपमा बुझ्न वा दुष्प्रचार गर्न जरुरी छैन।

महासचिव पोखरेलले एमालेले विशिष्ट व्यक्तिको सवालमा विशिष्ट काम गरेको जनाउ पनि दिनुभयो। ‘संवैधानिक राष्ट्रपति भनेको पदमा रहँदा मात्रै होइन, पदमा नरहँदा पनि सम्माननीय नै हुन्छ। जसले कुनै गल्ती गर्दैन र सवैका लागि आदरणीय हुन्छ, सम्माननीय हुन्छ। विवादभन्दा माथि हुन्छ, सबैको साझा अभिभावकका रूपमा भूमिका रहन्छ। पदबाट हटेपछि पनि विशिष्ट सम्मान र मर्यादा दिनुपर्छ भन्ने कुरा नै नेपालको संविधान, गणतन्त्रको संस्थागत विकास, पार्टी र स्वयं व्यक्तिको हितमा हो भन्ने सच्चाइ स्थापित भएको छ। यो कुरालाई अन्यथा रूपमा बुझ्न वा दुष्प्रचार गर्न जरुरी छैन,’ महासचिव पोखरेलले भन्नुभयो।

उहाँले स्वयं पूर्व राष्ट्रपति भण्डारी पनि यस विषयमा प्रष्ट रहनुभएको जानकारीसमेत दिनुभयो । ‘केही केहीले पूर्व राष्ट्रपति भर्सेस पार्टी हो कि भन्ने देखाउन खोजे पनि त्यो हल्लाको आयु सकियो । पूर्व राष्ट्रपति भर्सेस पार्टी भन्ने छँदै थिएन, हुँदै होइन । तथ्यले नै यो कुरा पुष्टि गरिसकेको छ,’ पोखरेलले भन्नुभयो। एमालेले पूर्व राष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने निर्णय गरिसकेको छ।

सो निर्णयको विषयमा सविस्तार चर्चा गर्ने क्रममा महासचिव पोखरेलले पूर्व राष्ट्रपति भण्डारीप्रति भइरहेको नकारात्मक टीकाटिप्पणी गणतन्त्र बिरोधीहरुको खेती भएको निष्कर्ष सुनाउनु भयो। महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको विषयमा पनि विरोधीले गरेको दुष्प्रचार र अफवाहको आयु सकिएको घोषणासमेत गर्नुभयो।