अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु


बारा-बाराको कलैया उपमहानगरपालिका-३ गङ्गापुरमा पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका- ३ गङ्गापुरका रामईश्वर साहका सात वर्षीय छोरा सञ्जीत साह रहेका छन्। 

बुधबार घर नजिकै छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए। 

बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयाे।