अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डप्रति शंकर पोखरेलले व्यंग्य: एमाले र कांग्रेसको नेतृत्व परिवर्तन भइरहँदा पनि माओवादीमा भने ३५ वर्षदेखि एउटै व्यक्ति

प्रचण्डप्रति शंकर पोखरेलले व्यंग्य: एमाले र कांग्रेसको नेतृत्व परिवर्तन भइरहँदा पनि माओवादीमा भने ३५ वर्षदेखि एउटै व्यक्ति


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गर्नुभएको छ।

बिहीबार बिहान महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि नेकपा एमाले र नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरण भइरहँदा पनि माओवादीमा भने एकै व्यक्ति निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै व्यंग्य गर्नुभएको हो।

महासचिव पोखरेलले २०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली एमालेको नेतृत्वमा पुगेको र कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेरबहादुर देउवाले पार्टी नेतृत्व गरेको स्मरण गर्दै प्रचण्ड भने निरन्तर पार्टी नेतृत्वमै रहेको कटाक्ष गर्नुभएको छ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेका पाँच र कांग्रेसका चार नेताले पार्टीको नेतृत्व सम्हालेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निरन्तर पार्टीकाे मूल नेतृत्वमै छन्।