जुम्ला-जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो। उहाँका अनुसार जिप सडकबाट करिब १०० मिटर तल खसेको छ। घाइुतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गुम्भीर रहेको उहाँको भनाइ छ।







प्रतिक्रिया