अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरकाे त्रियुगा नगरपालिकामा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

उदयपुरकाे त्रियुगा नगरपालिकामा जन्मदिनको भोज खाँदा २७ जना बिरामी


उदयपुर-उदयपुरकाे त्रियुगा नगरपालिका-७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन्।

२०८२ साउन २१ गते जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) खाएपछि २७ जना मानिस बिरामी परेका हुन् । भोज खाएपछि झाडापखाला र बान्ता हुन थालेको थियो।

बिरामी परेका २७ जनालाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। बिरामी हुनेहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन्।

अस्पतालमा भर्ना भएका मध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना बालकको भने उपचार जारी रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।