अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली विनाको एमालेको कल्पना सम्भव छैन: निरुदेवी पाल  

केपी ओली विनाको एमालेको कल्पना सम्भव छैन: निरुदेवी पाल  


कञ्चनपुर-नेकपा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले ‘केपी ओली विनाको एमाले र एमालेविनाको समृद्ध नेपाल’ असम्भव रहेको स्पष्ट पार्नुभएको छ।

शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पालले एमालेविनाको समृद्धि कल्पनाभन्दा बाहिरको विषय भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘केपी ओलीविनाको एमाले, एमालेविनाको नेपाल र समृद्धि कल्पना बाहिरको कुरा हो, यो सपना कोही कसैले नदेखे हुन्छ।’

एमाले केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार र सङ्केत भएको उल्लेख गर्दै उहाँले यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार रहेको र रहने स्पष्ट पार्नुभयो। अरू धेरै बुझ्न जरुरी छैन’, उहाँले भन्नुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मिसन २०८४ अभियान र पार्टीको नेतृत्व निरन्तरताका लागि अध्यक्ष ओलीकै अपरिहार्यता रहेको उहाँले बताउनुभयो।