अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैकल्पिक विकास वित्त विधेयक दराजमा थन्किँदैन: अर्थमन्त्री पौडेल

वैकल्पिक विकास वित्त विधेयक दराजमा थन्किँदैन: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त विधेयक पारित गरेर दराजमा थन्क्याउनको लागि नभई चाँडो प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि ल्याउन लागेको बताउनु भएकाे छ।

शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथिको छलफलमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएकाे हाे ।

समितिमा अर्थमन्त्रीले भन्नुभयाे, ‘हामी यो विधेयक पारित गरेर दराजमा थन्क्याएर, दराजको शोभा बढाउन चाहिँ चाहन्नौँ । यसलाई चाँडै कार्यान्वयनमा लैजान चाहन्छौँ । त्यस कारणले पूर्वाधारका क्षेत्रमा राम्रो प्रतिफल दिने आयोजनाहरूको बारेमा तयारी थालिसकेका छौँ ।’

एकातिर यो विधेयक पारित हुँदै गर्दा अर्कोतर्फ आयोजनाहरू तयारी भइरहने समेत अर्थमन्त्रीको भनाई छ।