अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको छ: प्रधानमन्त्री ओली

यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बताउनु भएकाे छ।

विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएकाे छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ– ‘हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएका छौँ।’