काठमाडौं – आज गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन देशभर साधारणतया वर्षाको पूर्वानुमान छ । कतिपय स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
महाशाखाले अगाडि भनेको छ, “कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।”
महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा यस दिन राति पनि देशभर साधारणतया बदली रहने उल्लेख छ ।
राति तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । “मधेस प्रदेशलगायत कोसी प्रदेश, वाग्मती प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।






प्रतिक्रिया