काठमाडौं- नेकपा एसका अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनालबीच विवाद बढेपछि स्थायी कमिटी सहित तीनवटै केन्द्रीय निकायका बैठक २० दिनलाई सारिएको छ । गएराती ९ बजे एसएमएस पठाएर बैठक सरेको सुचना केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी गराइएको हो । पार्टी विभाजनको औचित्य पुष्टि नभएको अभिव्यक्तिपछि चर्चामा आएका सम्मानित नेता झलनाथ खनाललाई भेट्न तेस्रो वरियताका नेता वामदेव गौतम शनिवार खनाल निवास डल्लु पुग्नु भएको थियो ।
उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेपछि अध्यक्ष नेपालले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रोक्न भन्नुभएको थियो ।





प्रतिक्रिया