अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप


काठमाडौँ-बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। 

कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्‌बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ। 

त्यस दिन संसद्‌मा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँका पक्षमा मत जाहेर गर्न एमालेले आफ्ना २७ सांसदलाई ह्विप जारी गरेको हो। 

‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि आउँदो २७ गते मंगलबार दिनको ४ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु’, एमाले बागमतीका प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।