अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता



कञ्चनपुर-महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा आज बिहान दुई बालिका बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।

उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ।