अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा अटो दुर्घटना, सात घाइते

लमजुङमा अटो दुर्घटना, सात घाइते


लमजुङ-लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

ग.प्र. ०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा सुन्दरबजार नगरपालिका-६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ।

सोही स्थानका कृष्णकुमारी रेग्मी, सृजना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिनुभयो।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ। सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ ।