अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन-आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्षको शपथ

मदन भण्डारी फाउन्डेसनप्रति केपी ओलीकाे टिप्पणी: आगामी दिनमा कसरी जान्छ हेर्नुपर्ने छ

मदन भण्डारी फाउन्डेसनप्रति केपी ओलीकाे टिप्पणी: आगामी दिनमा कसरी जान्छ हेर्नुपर्ने छ


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भएकाे छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै प्रधानमन्त्री ओलीले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भएको हाे।

‘त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ। ‘त्यसका पदाधिकारीका अधिव्यक्ति एउटा अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ।’ 

यो फाउन्डेसन पार्टीको हितसँग जोडिएको भए पनि अब कसरी जान्छ हेर्नुपर्ने उहाँले टिप्पणी गर्नुभयाे। प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको नभएर अर्को ढंगले बनाइएको स्पष्ट पार्नुभयाे।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन। यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो।’