काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ।
अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘४० मुनीका ४०’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गर्नुभयो।

‘युवाहरुले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ। सङ्घर्ष गर्नुपरे पनि सहेर हार नखाइकन काम गर्नुपर्छ। एक दिन सफलतामा पुगिन्छ।, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुनियाँमा मान्छेहरुले नयाँ-नयाँ सुरुवात युवा अवस्थामै गरेका छन्। त्यसपछि क्रमशः आफ्नो क्षेत्रमाा श्रेष्ठता हासिल गर्दै गएका छन्। सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ। धेरै योग्य युवामध्येबाट छानिएका तपाईँहरुले भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जाओस्र।’
प्रधानमन्त्री ओलीले प्राकृतिकरुपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको भनाइ राख्नुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरु छनोट गर्नु निकै कठिन काम हो। म तपाईँहरुलाई बधाई भन्न चाहान्छु। मेरो भनाइ यत्ति हो, युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन। हरेक मान्छेले आफ्नो आचरण, महेनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ।’









प्रतिक्रिया