काठमाडौं – राष्ट्रिय समाचार समितीको महाप्रबन्धकमा पाँचथरका सन्दीप राई नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले राईलाई आगामी चार वर्षका लागि महाप्रवन्धक नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छानिएका तीनवटा नाम मध्ये राईलाई महाप्रवन्धक नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । राईसँगै हुम्लाका नवराज महतारा र दाङका टिकाबहादुर बस्नेत महाप्रवन्धकको अन्तिम प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।
दुई दशक देखि सक्रिय पत्रकारितामा रहेका राई हाल प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुुहुन्छ । २०७७ सालमा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको सचिवालयमा हुनुहुन्थ्यो । पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नात्तकोत्तर राईसँग छापा,रेडियो र अनलाइन पत्रकारिताको अनुभव छ ।






प्रतिक्रिया