काठमाडौँ-सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यसैगरी, राष्ट्रियसभाको बैठक १:१५ मा बस्दै छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा(संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया