काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको बताउनु भएको छ।
सामाजिक सञ्जाल मार्फत् अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने बताउनु भएको हो।
‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ। संसारभरका युवाहरुलाई शुभकामना !’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्रनुभएकाे छ।
अन्तर्राष्ट्रिय युवा दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ प्रधानमन्त्री ओलीले बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘आज अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो। ‘पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।’







प्रतिक्रिया