अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको विधानका विषयमा चियाको कपमा तुफान ल्याउने प्रयास नगरौं: केन्द्रीय सदस्य रिजाल

पार्टीको विधानका विषयमा चियाको कपमा तुफान ल्याउने प्रयास नगरौं: केन्द्रीय सदस्य रिजाल


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प अहिले एमाले भित्र नखोजिएको बताउनुभएको छ।

मानव अधिकार एलायन्स पर्साले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रिजालले एमालेले महसुस नगरेसम्म नेतृत्व नबदलिने स्पष्ट पार्नुभयो। ‘आफ्नो नेतृत्व बदल्ने नबदल्ने कुरा त एमालेले महसुस गर्नुपर्‍यो नि’ रिजालले भन्नुभयो, ‘एमालेले अहिले त्यस्तो महसुस नगरेकोले विधान संशोधन गरेरै पार्टी अध्यक्ष केपी ओलीलाई बनाउने प्रस्ताव गरेको हो। यसमा मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरो छैन। केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनका लागि हामीले दुई कार्यकाल र ७० वर्षे उमेरको व्यवस्था हटाएका छौं।’

केन्द्रीय सदस्य रिजालले दुई कार्यकालको व्यवस्था दशौं महाधिवेशनमा नै हटाइसकिएको स्मरण गराउनुभयो। महाधिवेशनमा आफू माइन्यूट कमिटीको सदस्य भएकोले पनि यस विषयमा जानकार रहेको उहाँले बताउनुभयो। दशौं महाधिवेशन अघिको केन्द्रीय कमिटीको बैठकबाट नै विधानमा यस प्रकारको प्रावधान हटाइएको उहाँले स्पष्ट पार्नुभयो।

‘हामीले पुष्प कडेंललाई लेखा समितिको अध्यक्ष बनाउनु पर्ने थियो। उहाँको दुई कार्यकाल भइसकेको थियो,  रिजालले भन्नुभयो, ‘विधानमा त अझ दुई पटक उम्मेदवार दिएको भन्ने व्यवस्था रहेछ। विधानको यो व्यवस्थाले त अध्यक्ष कमरेड उम्मेदवार नै बन्न नपाउने देखियो। त्यही भएर यस विषयलाई हामीले विधानबाटै हटायौं।’

नेता रिजालले पार्टी भित्रकै केही मान्छेहरुले विधान लगेर टेलिभिजनबाट देखाउने कुरा नै हास्यास्पद रहेको बताउनुभयो। ‘उति बेलै फेरिसकेको विधानलाई अहिले टेलिभिजनमा देखाएर केही हुँदैन’ रिजालले भन्नुभयो, ‘यो चियाको कपमा तुफान ल्याउन खोजे जस्तै हो।