काठमाडौँ-प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले समितिको सभापति पदबाट राजीनामा दिनुभएको हो।
राज्य व्यवस्था समितिबाट पारित भएको निजामति कर्मचारीसँग सम्बन्धित निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष संसदीय छानबिन समितिले निकालेपछि उहाँले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको हो।
राजीनामा दिनुअघि सदनलाई सम्बोधन गर्नुहुँदै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा रहिरहने दाबी गर्नुभएको छ।
राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको दाबीसमेत खतिवडाले गर्नुभएको छ। उहाँले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिबाट नभएको दाबी गर्नुहुँदै अन्तिम रुपलाई गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गर्नुभयो।
कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उहाँको भनाइ छ।







प्रतिक्रिया