सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँमा आउने विकास बजेटलाई मैले ल्याएको हो भनेर दाबी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएकाे छ।
आज चौकुने गाउँपालिका वडा-६ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने बताउनुभयाे।

‘संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, कसैको व्यक्तिगत सम्पति होइन, मुख्यमन्त्री कँडेल भन्नुभयाे, मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नु हुँदैन।’
योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी आएको मुख्यमन्त्री कँडेलको भनाई थियो। ‘हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके त्यो आयोजना पनि दिगो हुन्छ’, मुख्यमन्त्री कँडेल भन्नुभयाे। भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु समेत सहभागिता थियो।
साथै मुख्यमन्त्री कँडेलले निर्माणाधिन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गर्नुभयाे। उहाँले समयमै सडक निर्माण कार्य पुरा गर्न सम्बन्धित निर्माण व्यवसायी र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गर्नुभयाे।








प्रतिक्रिया