अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमएफएन १७ को च्याम्पियन बनेका रविन्द्र ढाँटलाई सरकारले ५ लाख दिने

एमएफएन १७ को च्याम्पियन बनेका रविन्द्र ढाँटलाई सरकारले ५ लाख दिने


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन(१७०को उपाधि जितेका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले ५ लाख रुपैयाँ दिने बताउनु भएको छ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले २०८२ साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराउनु भएको हो।

पहिलोपटक नेपाललाई यो उपाधि दिलाउन सफल ढाँटलाई प्रधानमन्त्री ओलीले बधाई दिनुभएकाे छ।

‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषदको बैठकले  प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ ।’ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई !!’ 

२०८२ साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए । नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटर हुन्।

आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जितेका हुन्। रेफ्रीले तेस्रो राउन्डमा ढाँटले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका हुन्।