अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर गलत प्रचार गर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर गलत प्रचार गर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेसहितको गठबन्धन सरकार स्थिर सरकार भएको बताउनु भएको छ।

बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीतिगत स्थिरता कायम गर्नका लागि कांग्रेस-एमालेसहितको गठबन्धन सरकार बनेको बताउनु भएको हो।

‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर कांग्रेस-एमालेसहित अन्य दलहरूको सहयोगमा यो सरकार बनेको हो, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन्। सरकार बनाउने संसद्को गणितले हो।’

सरकार आजै ढल्छ भोलि नै ढल्छ भनेर अस्थिरताको हल्ला किन पिटिएको भनेर प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो।