दाङ-नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिनुभएकाे छ।
बुधबार दाङको लमहीमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा सम्बाेधन गर्नुहुँदै सचिव अर्यालले यस्ताे बताउनु भएकाे हाे।

सचिव अर्यालले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गर्नुभयो। ‘मेहनतपूर्वक लागेर जसरी पनि नेकपा एमालेलाई जिताउनु पर्छ। हार्ने छुट छैन । सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ,’अर्यालले भन्नुभयो। उहाँले बैठकलाई सम्बोधन गर्दै रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्न आह्वान गर्नुभयो। ‘सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन। यसबाट पार्टी अझ सुदृढ हुन्छ,’उहाँको भनाइ थियो।








प्रतिक्रिया