अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासन प्रवर्द्धन सरकारको मुख्य लक्ष्यः मुख्यमन्त्री आचार्य

सुशासन प्रवर्द्धन सरकारको मुख्य लक्ष्यः मुख्यमन्त्री आचार्य


दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ।  

बुधबार दाङको लमहीमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी बताउनुभएको हो।

एक वर्षे उपलब्धिहरू प्रस्तुत गर्दै उहाँले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु¥याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्रे सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार सरकारका काम–कारबाहीबाट गाउँ र शहर जोडिएका छन् । किसानले सिंचाइ सुविधा पाएका छन्। स्थानीय उत्पादनको बजार विस्तार भएको छ। शैक्षिक गुणस्तरमा सुधार आएको छ र पर्यटन प्रवद्र्धनमा सफलता मिलेको छ। बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेलले समेत सम्वोधन गर्नु भएको थियो।

यस अवसरमा नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा रुपन्देहीकी महिला नेतृ उमा काफ्ले नेकपा (एमाले) प्रवेश गर्नुएको थियो। बैठकमा १२ जिल्ला अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत भएको थियो। बैठकमा प्रदेश कमिटि सदस्यहरुको सपथग्रहण समेत गराइएको थियो। उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बैठकमा प्रस्तावित निर्णयहरु प्रस्तुत गर्नु भएको बैठकको सहजीकरण पार्टी सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो।