काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै हुनुहुन्छ।
प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन २०८२ भदौ १४ गते चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
सम्मेलन २०८२ भदौ १५ र १६ गते ९अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुँदैछ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ। प्रधानमन्त्री ओली र सीबिच भदौ १८ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ।
ओली ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ। सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले भदौ १८ (सेप्टेम्बर ३) मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ।
प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ। यसअघि उहाँले २०८१ मङ्सिरमा चीन भ्रमण गर्नुभएको थियो ।
चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जानुहुने छ । सो भ्रमणको तयारीका लागि भदौ १ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आउँदै हुनुहुन्छ।






प्रतिक्रिया