काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले कार्यगत एकताको घोषणा गर्दै हस्ताक्षर गर्नुभएको हाे।
दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरेको सहमति पत्रमा ८ बुँदे आचारसंहिता नै उल्लेख छ। दुई दलबीचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुबै दलले पालना गर्नुपर्ने, संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबीचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने उल्लेख छ।
सहमति पत्रमा भनिएको छ, ‘केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने छ । यस समितिमा पार्टीका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ७र७ जना रहने छन । समितिमा कम्तिमा २ जना महिला हुनुपर्ने छ । आपसी समन्वय र कार्यसंचालनको लागि सचिवालय बनाउन सकिनेछ ।’
तराई मधेस केन्द्रित संघीय लोकतान्त्रिक मोर्चामासमेत रहेका महतोको नयाँ कदमले सो मोर्चाबन्दी थप अन्यौलमा परेको छ।








प्रतिक्रिया