चितवन-नारायणगढ-मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए-४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका-तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उहाँका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् ।
चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य दुईको अवस्था सामान्य छ। तीनै जनाको सरकारी अस्पताल भरतपुरमा उचार भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया