अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पानी पार्ने प्रणाली दक्षिण सर्यो,छैन भारी वर्षाको सम्भावना

पानी पार्ने प्रणाली दक्षिण सर्यो,छैन भारी वर्षाको सम्भावना


काठमाडौं-केही दिनयता नेपालको तराईनजिक रहेको पानी पार्ने प्रणाली अर्थात् मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतर्फ सरेको छ।

फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो १२ घन्टायता मुलुकको कुनै पनि भूभागमा भारी वर्षा नभएको महाशाखाले जनाएको छ ।

आज बिहान पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको छ।

शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।