अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जानुहुँदै

प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जानुहुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाँदै हुनुहुन्छ। प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

जनकपुरमा प्रधानमन्त्री ओलीले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ।