काठमाडौँ-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिनुभएको छ।
शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिनुभएको हाे।
सभामुख घिमिरेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन पनि प्रतिनिधि सभाका सचिव राईलाई निर्देशन दिनुभयाे।







प्रतिक्रिया