अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुँदैन: मुख्यमन्त्री कार्की

राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुँदैन: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ। आज धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँले हामीले उहाँलाई गालीगलोज गर्ने होइन सम्मानपूर्वक व्यवहार गर्ने र राष्ट्रको सामाजिक काममा लाग्नको लागि अभिप्रेरित गर्नुपर्ने बताउनुभयो। उहाँले नेकपा एमाले निर्माणमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उहाँको योगदानलाई हामीले सम्मान गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्ति सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ भन्ने उद्देश्यले एमालेले उहाँलाई सम्मानपूर्वक र सम्मानित हुनको लागि आग्रह गरेको हो।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिनुभयो। सो अवसरमा उहाँले बिना धितो ऋण दिलाउने व्यवस्था गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अब तपाईहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने तपाईँहरूको परियोजना हेरेर बैंकले ऋण दिन्छ त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ ऋण लिँदा धितो राख्नु पर्दैन।’