काठमाडौं – देशका केही भूभागका आज वर्षाको सम्भावना रहेको छ । मनसुनी प्रणाली कमजोर भएकाले भारी वर्षाको भने सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपशचिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।







प्रतिक्रिया