अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कालिकोटको बैठक : पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह

एमाले कालिकोटको बैठक : पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह


कालिकोट- कालिकोट जिल्ला कमिटीको आठौं बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतितर्फ अघि नबढ्न आग्रह गरेको छ ।
पार्टी अध्यक्ष तुलराज मल्लको अध्यक्षयतामा बसेको जिल्ला कमिटी कालिकोट बैठकमा उपस्थिति ९० जना सदस्य मध्ये ६५ जना सदस्यले विधान संसोधन र ७० बर्षे उमेर हदका विषयमा आफ्ना धारणा राखेका थिए। बैठकमा बोल्ने सबै जिल्ला कमिटीका सदस्यहरूले दुई कार्यकाल र उमेर हद हटाउनु पर्ने विषयमा केन्द्रीय कमिटीले गरेको निर्णय जायज भएको बताएका छन् । नेतृत्व भनेको गति,मति र कार्यकर्ताको समर्थबाट स्थापित हुने विषय हो । उमेर हद र कार्यकाल राख्ने कुरा अहिलेको अवस्थामा ठिक नभएको उनीहरुको धारणा छ । अहिले देशले खोजेको र देशका निम्ति केपी ओली आवश्यक नेता हो त्यसकारण अहिले एमालेमा केपी ओलीको विकल्प खोज्ने बेला भएको छैन भन्ने सदस्यहरुको धारणा थियो । नेकपा एमाले विधि,निति र राजनीतिक संस्कारको पक्षपाती पार्टी हो त्यसैले कम्युनिस्ट पदलोभी हुन्छन् आरोपबाट मुक्त हुनपनि सम्माननीय पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन हुन्न भन्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्ने निर्णय गर्दै सम्पन्न भएको छ।