अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्कृति पुस्तान्तरण आवश्यक छ: भौतिक मन्त्री दाहाल

संस्कृति पुस्तान्तरण आवश्यक छ: भौतिक मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको मौलिक संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ।

नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित नेपाली हिन्दू नारीहरुको महान चाड ‘हरितालिका तीज’को अवसरमा २०८२ साउन ३१ गते शनिवार तीज विशेष कार्यक्रममा सम्बोधन गर्नुहुँदै भौतिक मन्त्री दाहाल हरेक संस्कृतिले समाज रूपान्तरण र विकास क्रमको इतिहास बोक्ने बताउनुभयो।

गत वर्ष झैं यसवर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा झापाबाट काठमाडौंमा आई बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरुलाई दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै मनोरञ्जन गराउन निम्ति तीज कार्यक्रम आयोजना गरिएको एमाले झापा-काठमाडौं सम्पर्क मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिनुभयो।

मञ्चकी उपाध्यक्ष पुष्पा अधिकारीको सम्योजनमा भएको कार्यक्रममा पार्टीका नेताहरु लालबाबु पन्दित, इन्द्र भण्डारी लगायतको आतिथ्यता रहेको थियो।

नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध पर्व हो। जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ।