अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुख्खा पहिरोले मुग्लिन -नारायणगढ सडक अवरुद्ध, सञ्चालनको प्रयास जारी

सुख्खा पहिरोले मुग्लिन -नारायणगढ सडक अवरुद्ध, सञ्चालनको प्रयास जारी


चितवन – सुक्खा पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६ ००३ प ३८१६ नं को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।