अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौबिसे-नागढुङ्गा सुरुङमार्गकाे ९३ प्रतिशत काम पूरा: प्रधानमन्त्री ओली

नौबिसे-नागढुङ्गा सुरुङमार्गकाे ९३ प्रतिशत काम पूरा: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ।

प्रधानमन्त्री ओलीले आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै यो सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने र यसले काठमाडौं उपत्यका भित्रिने-निस्कने यात्रुहरूलाई सहजता दिलाउने विश्वास व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री ओलीले सुरुङको ९३ प्रतिशत काम पुरा भएको जानकारी दिनुभएको छ।

‘नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

नागढुङ्गा मार्ग विगत लामो समयदेखि उपत्यका प्रवेश गर्ने मुख्य नाकामध्ये एक भए पनि सडक साँघुरो र घुमाउरो भएकाले हरेक दिन लामो जाम र सवारी चापको समस्या हुँदै आएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ।