अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना


काठमाडौं-नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ ।

हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन्। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार गरिएको गुरुयोजनाले २५–१०० किलोमिटर दूरीमा चार्जिङ स्टेशन राख्ने प्रस्ताव गरेको छ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत ट्राफिक घनत्व, जमीन उपलब्धता, बाढी जोखिम, सडकको अवस्था र विद्युत् ग्रीड पहुँचका आधारमा करिब १४ हजार ९१३ किलोमिटर क्षेत्रमा यो योजना लागू गर्ने तयारी छ।

चार प्रकारका चार्जिङ स्टेशन (लेभल १ देखि हेभी गाडीका लागि १ मेगावाट पावर क्षमतासम्म) निर्माणको लागी गुरु योजनाले सिफारिस गरेको छ ।

नेपालले सन् २०३० सम्म निजी गाडीको ९० प्रतिशत र चारपांग्रे सवारीको ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य लिएको छ।

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित, विद्युतीय सवारीमार्फत घरेलु विद्युत् खपत बढाउने उद्देश्य राखिएको छ। यस गुरु योजनाले उदाउँदो प्रविधि, बजारको गतिशीलता र नयाँ नीतिगत आवश्यकताहरूको अनुकूलन गर्न निरन्तर समीक्षा र परिमार्जन आवश्यक रहेको कुरामा जोड दिएको छ, जसले नेपालको इभी प्रणालीलाई लचिलो, अनुकूलनशील र दीगो विकासका राष्ट्रिय लक्ष्यहरूसँग सधैं समायोजनमा राख्न मद्दत गर्ने छ।