अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेमा कुनै गुट छैन: सचिव योगेश भट्टराई

नेकपा एमालेमा कुनै गुट छैन: सचिव योगेश भट्टराई


ताप्लेजुङ-नेकपा एमालेका सचिव एवं प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको उहाँले बताउनुभयो । भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने बताउनुभयो । ‘देशमा विषम परिस्थिती सृजना भएकोले गतवर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो’ भट्टराईले भन्नुभयो ‘सरकारले देशको आर्थिक स्थिती,अन्तराष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ । कतिपय कानुन संसोधन गरेको छ । विकासका कामलाई तिव्रता दिएको छ ।’

भट्टराईले संविधान संसोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने बताउनुभयो । संविधान संसोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उहाँको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताउनुभयो । ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आहँवन गरेको छ’ भट्टराईले भन्नुभयो ‘ थुप्रै आर्थिक ऐन संसोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संसोधन गरिएको छ ।’

उहाँले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठुला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने बताउनुभएको छ ।