पाल्पा – उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको बाढी जस्तै भएको बताउनुभएको छ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताउनुभयो। एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ। कमिला हिड्न थाल्छ। रास्वपा पनि अब हराउँदै जाने उहाँको भनाइ छ। पौडेलले कसैको विरोधमा विरोधमा रमाएर राजनीति नगर्न सुझाव दिनुभएको छ ।
पौडेलले प्रतिगामी तत्वहरू किनारा लागिसकेको र उनीहरूको नेपालमा भविष्य नरहेको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्ने वाला छैनन्। बेकारमा समय खेर फालिरहेका छन्।
एमाले काँग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उहाँको भनाइ छ। मुलुकको सुरक्षीत भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउछ। अहिलेको सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर कसैलाई पनि सपना नदेख्न उहाँले सचेत गर्नुभएको छ। सरकार सहमति अनुसार नै अगाडि बढेको छ। सरकारले मिलेर काम गरेको देखेपछि सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडेका मन्त्री पौडेलले बताउनुभयो।
उपप्रधानमन्त्री पौडेलले माओावदीले देशलाई अस्थिरतातर्फ लैजान खोजिरहेकोमा त्यो क्रम अब रोकिएको बताउनुभयो । उहाँले दुइ ठूला दलले सरकार निर्माण गरेपछि माअोवादीको चलखेल बन्द भएको बताउनुभयो ।
दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको पौडेलको भनाइ छ ।





प्रतिक्रिया