महेन्द्रनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले लोकतन्त्रको मानक स्थापना गर्ने पार्टी भएको बताउनु भएको छ।
आइतबार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गदैँ महासचिव पोखेरेल यस्तो बताउनु भएको हो। महासचिव पोखरेल पूर्व राष्ट्रपतीलाई राजनीतिमा ल्याउन उचित नहुने बताउदैँ एमाले अरु पार्टीलाई पनि आफ्नो बाटो डोर्याउनु पर्ने बताउनुभयो।
‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपती, सम्मानीत पदमा पुगीसकेको व्यक्ति सबैका साझा व्यक्ति बन्नु पर्दछ।’ महासचिव पोखरेल भन्नुभयो, ‘पूर्व राष्ट्रपतिबारे लामो छलफलपछि पार्टीले अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति राजनितिमा फर्किनु उचित हुँदैन भन्ने निर्णय गरेको हो, यो विद्यादेवी भण्डारीको लागि मात्रै गरेका होइन यो भविष्यका लागि पनि हो।’

महासचिव पोखरेलले नेकपा माओवादीले पूर्व उपराष्ट्रपतिलाई राजनीति फर्काएर गम्भीर ऋटी गरेको पनि बताउनु भयो। एमाले गरेका निर्णय लोकतन्त्रका लागि निर्देश गर्ने बताउँदै माओवादी केन्द्रको निर्णय लोकतन्त्रका लागि यो निर्णय राम्रो नभएकाले त्यसलाई सच्याउनु पर्ने महासचिव पोखरेलले बताउनुभयो।
महासचिव पोखरेलले अध्यक्षको दुई वर्ष कार्यकाल हटाउने विषय दशौँ राष्ट्रिय महाधिवेशनको पहिलो एजेण्डाको रुपमा राखेर निर्णय गरिको पनि स्पष्ट पार्नुभयो । भीम रावलले पार्टी हित विरुद्ध काम गरेकाले पार्टीबाट बाहिरिनु पर्नेको उहाँले बताउनुभयो।
‘मुलधारका राजनीति दलमा भएको विद्रोह र पार्टीलाई देखाई दिन्छु भन्ने कुरा जनता र कार्यकर्ताले स्वीकार गर्दैन । अराजकता पार्टी निर्माण लागि चुनौति र बाधक हो ।’ उहाँले पार्टीको विधि र अनुशासनलाई पालन गर्नुपर्छ, ‘हामी मिसन ८४ लाई सफल बनाउन र एमालेलेलाई बलियो राष्ट्रिय शक्ती बनाउने अभियानमा छौँ ।’
महासचिव पोखरेलले भन्नुभयो, ‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्नु काम भइरहेको छ, त्यसको प्रतिवाद गर्नुपर्दछ, पार्टीका नीति र निर्णयमा दृढताका साथ प्रस्तुत हुनुपर्छ।’ समान्तहरुले जनताको युगलाई चनौति दिइरहेकाले त्यसका विरुद्ध नेकपा एमालेले शसक्त प्रतिवाद गर्नपनि उनले कार्यकर्तालाई निर्देशन दिनुभयो।
नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि प्रचण्डमा छटपटी भएको पनि महासचिव पोखरेलले बताउनु भयो।
रास्वपा जनताको निरास, कुष्ठा र पपुलिज्ममा जन्मिएको बताउँनुहुँदै ‘अहिले उनिहरु एमाले विरुद्ध खनिएका छन् । अराजकताको र पपुलिज्मको आयु लामो हुदैँन् ।’ आफू गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दैँ प्रचार गरिएको उहाँले आपत्ति जनाउनु भयो।






प्रतिक्रिया