अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हमास समुहले बन्धक बनाएका विपिन जोशीको सकुशल रिहाइ गर्नु सरकारको दायित्व : प्रधानमन्त्री ओली

हमास समुहले बन्धक बनाएका विपिन जोशीको सकुशल रिहाइ गर्नु सरकारको दायित्व : प्रधानमन्त्री ओली


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समुहले बन्धक बनाएका बिपिन जोशीको रिहाइ गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यस अघि जोशीको रिहाइका बेला आफूले गरेका विभिन्न कुटनीतिक प्रयासको समेत जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले जनाए अनुसार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले त्यहाँका राष्ट्रपति H.E. Mr. Isaac Herzogर संसदका अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर विपिनको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।


‘यसअघि मध्यपूर्वको शान्तीका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ’ प्रधानमन्त्री ओलीले सरकारले गरेको कुटनीतिक प्रयासको जानकारी दिंदै लेख्नु भएको छ ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिंदै हरसम्भव पहलमा जुटिरहेको छ ।’ प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको तर्फबाट पनि विपिनको रिहाइका पहल भइरहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले उल्लेख गरे अनुसार यसका लागि परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाल गरिरहेको छ । विपिनको सकुशल रिहाइका लागि सहयोग गरिरहेका इजरायलमा रहेका नेपाली समुदाय,पत्रकार,सुरक्षाकर्मी ,स्थानीय नागरिक र सामाजिक अभियन्तालाई प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ । ‘विपिनको परिवारको साथमा सरकार छ ।’