उदयपुर-नेकपा एमालेको २०८२ भदौ २० गते देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने दोस्रो विधान महाधिवेशनको पूर्व तयारी स्वरुप विधान संशोधन प्रस्ताव माथि सुझाव संकलन एमाले उदयपुरले सम्पन्न गरेको छ।
नेकपा एमाले जिल्ला कमिटी उदयपुरका अध्यक्ष भागवत राउतको अध्यक्षतामा बसेको सातौँ विस्तारित बैठक मार्फत विधान संशोधन प्रस्ताव माथिको सुझाव सङ्कलन गरेको हो।
नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज मञ्जु चौधरी, एमाले केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका नेताहरूको उपस्थितिमा विधान संशोधन प्रस्ताव माथि सुझाव सङ्कलन गरिएको हो।

बैठकमा जिल्लाका आठ पालिकाका अध्यक्षहरूको नेतृत्वमा आठ टोली र सबै जनवर्गीय सङ्गठनको तर्फबाट प्रेस चौतारी उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारीको नेतृत्वमा एक टोली बनाएर जिल्लामा ९ वटा टोली मार्फत विधान संशोधन प्रस्ताव माथिको सुझाव सङ्कलन गरिएको हो।
संकलित सुझावहरु माथि कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ, केन्द्रीय सदस्य अम्बिका थापा र केन्द्रीय पोलिटब्युरो सदस्य मन्जु चौधरीले आ-आफ्नो धारणा राख्नु भएको थियो।








प्रतिक्रिया