अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो सांसदलाई दलको कार्यालयमा ? 

एमालेले बोलायो सांसदलाई दलको कार्यालयमा ? 


काठमाडौं-नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ।

जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताउनुभयाे ।

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ। छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन।

यसबाहेक कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमान समेत गरिएको छ ।