अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-७ पशुडाँडामा आज (मंगलबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक पत्नीको महिलाका पति घाइते भएका छन्। 

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान्  ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।

ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।