अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं: योगेश भट्टराई

कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं: योगेश भट्टराई


 काठमाडौं-नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ।

सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताउनुभयो।

कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकै दिन पर्नु संयोगमात्रै भएको उहाँको भनाइ छ।

‘पार्टीको संसदीय दलमा बेलाबेला माननीहरुको हस्ताक्षर लिइराख्छौँ, आपतविपद्को काममा प्रयोग हुन्छ, दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ भट्टराईले भन्नुभयो, ‘यो ०४८ सालदेखि नै चलेको चलन हो। आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ। कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकै दिन पर्‍यो होला। संयोग हो। हस्ताक्षरहरु विभिन्न काममा प्रयोग हुन्छन्। महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन्।’